फौजी किरा नियन्त्रण गर्न प्रदेश १ मा विशेष टोली

विराटनगर । प्रदेश १ का तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको काम थालेको छ । पहिले पहाडी जिल्लामा देखिएको फौजी किराको लार्भा र बयस्क पुतली केही महिनायता झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका मकैबालीमा पनि भेटिएका छन् । प्रदेश कृषि निर्देशनालयका कार्यबाहक निर्देशक प्रकाशकुमार डाँगीले मोरङका दक्षिणी भेग रंगेली, बुद्धनगर, जहादा, सुनसरीको…