झापा प्रहरीले समात्यो ५० लाखको अवैध कपडासहित पिकअप, झापाका व्यापारीको इलामतिर धन्दा

झापा । झापामा लामो समयदेखि अवैध, तस्करीमा क्रियाशिल व्यापारीहरुले इलाममा गोदाम राखेर व्यापार गरिरहेको खुलासा भएको छ । झापा प्रहरीले मेचीनगर–१२ धाइजनबाट बिहीवार पिकअप सहित बरामत गरेको कपडा सार्वजनिक गरेसँगै यस्तो खुलासा भएको हो । झापामा प्रहरीले कडाइ गरेपछि विभिन्न नाकाबाट इलामको बाटो हुँदै अवैध रुपमा कपडा भित्राएर फर्जी विल मार्फत व्यापार गरिरहेको भेटिएको छ…