फिक्कल - इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गर्नुभएका उहाँले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गर्नुभएको हो । अलैँची बेचेर उहाँले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन…