झापा–११ लाई सी डिभिजनको मान्यता

बिर्तामोड । झापा–११ फुटबल क्लबले झापा जिल्लाबाट सी डिभिजन क्लबको मान्यता पाउने पहिलो क्लब बनेको छ । बुधबार भएको सी डिभिजन लिग छनौटतर्फ दोस्रो चरणको समूह ए को फाइनल खेलमा झापाले सरस्वतीनगर स्पोर्टस क्लबलाई कडा प्रतिस्पर्धाकाबीच १–० ले हरायो । खेल शुरु भएको पाँचौं मिनटमै झापाका लागि अंगुर कुमार खड्काले एक मात्र निर्णायक गोल गरे…