मेचीनगरमा अन्तर मावि छात्र भलिबल प्रतियोगिता

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवसीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०) बुधबारदेखि सुरू भएको छ । प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए । मेचीनगर– १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयका…