दमक । कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले उपन्यास विमोचन गरेका छन् । पूर्वीझापा, मोरङ र सुनसरीमा मुख्य बसोबास गर्ने यो समुदायको जीवनीमा आधारित उपन्यास पहिलो पटक प्रकाशित भएको लेखक खतिवडाले दाबी गरिन् ।…