दमक - झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पु¥याएवापत उहाँहरुलाई भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ ।…