दमक । भुटानी शरणार्थी शिविर बेल्डाँगीकी ८१ वर्षीया डम्बरकुमारी काफ्ले पाँच वर्षअघि परिवारसँग बसेर धुमधामले दसैँ मनाउँथिन् । भुटानबाट लखेटिएपनि सबै परिवारसँगै हुँदा शरण लिएकै देशमा भएपनि दसैँले उमंग लिएर आउथ्यो । तर, भुटानी शरणार्थीको पुनर्वासले पाँच वर्षअघि उनको परिवारमा विखण्डन ल्यायो । उनले भराेसा गरेर भुटानबाट सँगै नेपाल आएकी जेठी छोरी र उनको परिवार अमेरिकातिर लागे । …