काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो । संसद्को जारी गतिरोध अन्त्य गर्न…