तार र पोलको व्यवस्थापन गर्न केबुल, इन्टरनेटवालालाई मेचीनगरको निर्देशन

लक्ष्मी उप्रेती मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका विभिन्न स्थान र सडकभरि जथाभावी लत्रिएर दुर्घटनाका कारण बन्दै आएको केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु व्यवस्थापन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । तार र पोलको व्यवस्थापन गर्न सरोकारवालालाई नगरपालिकाले निर्देशन समेत दिएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सरोकारवाला निकायबीच विहीबार भएको छलफलमा…