झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित

बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो । अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित भएका छन् । उनले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत प्राप्त…