मेचीनगर, २९ कात्तिक । झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेलले भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्ने बताएका छन् । वर्षौँदेखि हात्तीको समस्या भोगिरहेका क्षेत्र नम्बर १ का जनतालाई उम्मेदवार खरेलले भारतबाट आउने जंगली हात्तीलाई नेपाल–भारतको सीमा क्षेत्रमा रोक्ने प्रतिबद्वता जनाएका हुन् । उनले भारतबाट सोझै बाहुनडाँगी क्षेत्रमा हुलका हुल आउने जंगली हात्तीलाई रोक्न…