काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । आजदेखि निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको हो । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका तय गरेको छ । योसँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने…