च्याउमा आत्मनिर्भर बन्यो झापा

चन्द्रकला भण्डारी झापा, २४ साउन (रासस) - कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ । एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उहाँले…