काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गर्नुभएको छ । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने मानवीय भावनाका साथ आज सुरु गरिएको केन्द्रले सामाजिक क्षेत्रमा सहयोग गर्नेछ । अध्यक्ष ओलीले केन्द्रको घोषणा गर्दै सर्वे भवन्तु सुखिनःको पवित्र भावनाका…