बिर्तामोड । इन्धन अभाव हुने हल्लोले शुक्रवारदेखि झापाका सबै पेट्रोल पम्पमा भीडभाड छन् । इन्धन नपाइने त्रासका बिच सवारीधनीहरुले अरुबेला भन्दा धेरै तेलको जोहो गर्न भीडभाड गरेको देखियो । मेची पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष नविन कोइरालाले अन्य दिनभन्दा उपभोक्ताले धेरै तेल खरिद गरेको जानकारी दिए । इन्धन ढुवानीकर्ता र व्यवसायी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि…