झापा । नेपाल आदिवासी–जनजाति महासंघको नगर समन्वय परिषद्–भद्रपुरले भदौ १४ गते यहाँ आयोजना गरेको ‘आदिवासी–जनजाति ब्युटी कन्टेस्ट’मा व्यापक धाँधली भएसँगै हालसम्म भए–गरेका कामहरूप्रति कार्यसमितिका बहुसंख्यकले विरोध सार्वजनिक गर्न थालेका छन् । परिषद्का नगर अध्यक्ष सन्तोष राजवंशीले एकल निर्णयमा हालसम्म आफूखुशी काम गरिरहेको भन्दै उपाध्यक्ष, सचिव लगायत बहुसंख्यक सदस्यहरूले घोर विमति जाहेर गरेका हुन् । निज…