काँकडभिट्टा - आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकडभिट्टा नाका सुनसान भएको छ । भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् । सर्वसाधारणको आवागमन ठप्प छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र…