शिवसताक्षीबाटै जग्गा पासको धनिपुर्जा वितरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट पहिलो पटक जग्गा पासको धनिपुर्जा वितरण गरिएको छ। यसअघि मालपोत कार्यालय दमकबाट हुँदै आएको जग्गा किनबेच (विक्री पास) सेवा नगरपालिकाबाटै सुरु गरिएसँगै सेवाग्राहीहरूलाई उल्लेखनीय सहजता भएको छ। नगरपालिकाबाटै जग्गा पास सेवा सुरु भएपछि नागरिकले अब मालपोत कार्यालय धाउनुपर्ने झन्झट कम भएको छ। यसैक्रममा शिवसताक्षी नगरपालिका–५ निवासी रामबहादुर खड्काले आफूले खरिद…