विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहिष्णुता, सद्भाव र समाजसुधारको कुरामा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनुभएको छ । फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताउनुभयो । ‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ…