काठमाडौँ, २३ असोज : भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो । भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४…