नेम्वाङको शोकमा बिहीबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । सार्वजनिक विदाको दिन सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिइएको छ ।