काठमाण्डाै – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ । सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले त्यस क्रममा प्रतिकारसमेत गरेका छन् । एक स्थानीयवासीका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न…