बिर्तामोड । झापामा नेपाल विद्यार्थी संघको सभापतिमा विवाद शुरु भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संघमा दुई जनाले सभापतिमा दावी गरेपछि विवाद भएको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले झापा मेचीनगरका सन्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्ला सभापतिको रुपमा निरौलाको नाम नेविसंघको केन्द्रलाई सिफारिस गरेका थिए…