अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी

शनिश्चरे । अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा रमेश समदर्शी राई सर्वसम्मत चयन भएका छन् । क्लबद्वारा शनिबार अर्जुनधारा नगरपालिका – ८ सातपत्रे स्थित क्लबको जग्गामा आयोजित प्रथम साधारणसभाबाट समदर्शी राई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य ,सचिवमा नरेश खाती ,सहसचिवमा उद्वव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगुलाई चयन गरेको…