प्रेस चौतारी मेचीनगरको अध्यक्षमा निरौला

बिर्तामोड । बिर्तामोडपछि प्रेस चौतारी नेपाल झापाले मेचीनगरमा कमिटी गठन गरेको छ । सोमबार संविधान दिवसको अवसर पारेर काँकरभिट्टामा प्रेस चौतारी झापाले मेचीनगर कमिटी गठन गरेको हो । पत्रकार हेमन्त निरौलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कमिटी गरेको छ । जसको उपाध्यक्षमा विनिता न्यौपाने, सचिवमा गगन ढकाल र कोषाध्यक्षमा विकास देवकोटा सर्वसम्मत चयन भएका छन् ।…