बिर्तामोड । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाइन्छ । बालुवा वा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको…