बिर्तामोड । अर्जुनधाराका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकले धनीपुर्जा पाउनुपर्ने माग राखेका छन् । नदी किनारमा बसेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नयाँ निर्देशिकाले धनीपुर्जा नदिने व्यवस्था गरेपछि अर्जुनधाराका सयौं परिवारले निर्देशिक सच्याउन माग गरेका हुन् । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि बुधबार विहान अर्जुनधारामा आयोजित कार्यक्रममा पीडित परिवारले…