रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

झापा। मेची - महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तो निर्णय गरेको हो । प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका…