शनिश्चरे । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १४ देखि २१ गते सम्म श्रीमद्ध भागवत पुराण तथा मंसिर ९ गते हाफ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिने भएको छ ।
धामद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धामका अध्यक्ष नवीन गट्टानीले कार्यक्रमको सभापतित्व गर्दै धामको ४४ औं वार्षिक अनुष्ठानको अवसर पारेर सन्तलाल, वृजमोहन स्मृति म्याराथन दौड प्रतियोगिताको आयोजना गरिन लागेको जानकारी दिए । उनका अनुसार धामको भौतिक संरचना मुल मन्दिरभित्र चाँदी जडान गरिएको छ । नगरपालिका र प्रदेश सरकारको सहयोगमा आकर्षक प्रवेशद्वार निर्माणधिन रहेको छ ।

कार्यक्रममा यज्ञ अनुष्ठानका प्रमुख आचार्यत्व एवं मुल अर्चक अग्गी प्रसाद सिग्देलले मंगलधाम सिक्किम भारतका श्रीमद् भागवत भाष्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजजी प्रमुख कथा वाचक र अर्जुनधारा संस्कृत वेद विद्यापीठ ध्यान शिक्षक चिरञ्जीवी ढुंगाना उपवाचक रहने पुराण बालाचतुर्दशीका दिन समापन हुने जानकारी दिए । वेद विद्यापीठका प्राचार्य हेमन्त भण्डारी यज्ञाचार्य, विद्यार्थी गणेश र मेदनी ढुंगेल तथा सेवन्ता ढुंगेल कर्ता रहने बताइएको छ ।
त्यसैबीच धामका कोषाध्यक्ष मनोज जोशीले अनुष्ठानबाट संकलित अनुमानित आम्दानी ५५ लाख २० हजार र खर्चतर्फ ३९ लाख ३५ हजार रुपैयाँको विवरण प्रस्तुत गरेका थिए । महासचिव शिवलाल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा धामका वरिष्ठ उपाध्यक्ष चन्द्रकला भण्डारी ,उपाध्यक्ष भिमचन्द्र भट्टराई , सह कोषाध्यक्ष दिपक तामाङ , सचिव कृष्णप्रसाद भट्टराई ,सदस्यहरु रमादेवी चापागाईं,भुपेन्द्र शिवाकोटी ,उपसमिति उत्सव ढकाल लगायतको उपस्थिति रहेको थियो ।
सदाझै यस वर्ष पनि सभ्यभव्य रुपमा पुराण सम्पन्न गर्नका लागि विभागीय उपसमितिहरु गठन गरिएको छ । गठित उपसमिति अनुसार शिवलाल खतिवडाको संयोजकत्व कार्यालय व्यवस्थापन र पण्डाल ,विद्युत, साउण्ड सिस्टम व्यवस्थापन, चित्रसेन भण्डारीको संयोजकत्व तथा उत्सब ढकाल/केदार खड्काको सहसंयोजकत्वमा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, चिरञ्जीवी ढुंगानाको संयोजकत्वमा व्यास व्यवस्थापन, मनोज जोशीको संयोजकत्वमा दानपेटिका परिचालन आर्थिक व्यवस्थापन, दिपक तामाङको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन , चन्द्रकला भण्डारीको संयोजकत्वमा मन्दिर पूजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै हरिभक्त बरालको संयोजकत्वमा आपूर्ति व्यवस्थापन ,रमेश त्रिखत्रीको संयोजकत्वमा प्रचारप्रसार ,छविलाल शिवाकोटीको संयोजकत्वमा धान्याचल व्यवस्थापन ,कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम, झाँकी व्यवस्थापन ,भिमचन्द्र भट्टराईको आवास व्यवस्थापन ,वेनु शिवाकोटीको सरसफाई तथा बजार व्यवस्थापन ,भुपेन्द्र शिवाकोटीको संयोजकत्वमा गुरुकुल मेश व्यवस्थापन, ध्रुव कुमार पौडेलको स्टोर व्यवस्थापन ,पुनम सुवेदी र दुर्गाप्रसाद भट्टराईको संयोजकत्वमा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन ,लवकुश गिरी र शंकर सुवेदीको संयोजकत्वमा स्वागत, दाता सम्पर्क तथा अनुगमन ,अग्नी प्रसाद सिग्देलको संयोजकत्वमा गंगा आरती व्यवस्थापन , राधा बुढाथोकी र सुशीला सुवेदीको संयोजकत्वमा लक्ष्य वर्तिका प्रज्वलन , राम बहादुर श्रेष्ठ र गोपाल बुढाथोकीको संयोजकत्वमा मन्दिर व्यवस्थापन र श्याम घिमिरेको संयोजक तथा मिलन बस्नेतको संयोजकत्वमा गुरुकुल व्यवस्थापन उपसमिति गठन गरिएको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा म्याराथन दौड समितिका संयोजक मिलन बस्नेतले अर्जुनधारा जलेश्वरधामको आयोजना र नगर खेलकुद विकास समितिको संयोजनमा महिला तथा पुरुष खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता गरिन लागेको जानकारी दिए भने सह– संयोजक प्रशान्त भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । उनका अनुसार लागू लागूऔषध न्यूनिकरण तथा अर्जुनधारा जलेश्वरधामको प्रवद्र्धनका लागि म्याराथन दौड प्रतियोगिता गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ ,द्वितीय हुनेलाई ७५ हजार ,तृतीय ५१ हजार , चौथो , पाचौं ,छैटौं ,सातौं , आठौं , नवौं र दशौं हुनेलाई जनही १० – १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा भाग लिन इच्छुक उमेदवारले प्रवेश शुल्क ३ सय रुपैयाँ क्युआर मार्फत पठाएर मंसिर ७ गते सम्म अन्तिम दर्ता अनलाइन रजिस्ट्रार गर्न सकिनेछ । म्याराथन समितिको नियम अनुसार मापदण्ड पुगेकाहरुलाई दौड प्रतियोगितामा सहभागी गराइनेछ । म्याराथन रुट अनुसार अर्जुनधारा मन्दिरदेखि शनिश्चरे, झिल चोक ( सालबारी ) हुँदै खरबन्दी चोक–बुद्ध चोक–धाइजन चोकबाट जयपुर चोक – झम्के चोकबाट नारायण चोक भएर पिपल चोक पुगेर समापन हुनेछ ।







प्रतिक्रिया