मुख्य समाचार

देउसीभैलोमा ‘अश्लील नृत्य’, दुई महिला पक्राउ

देउसीभैलोमा ‘अश्लील नृत्य’, दुई महिला पक्राउ


काठमाडौं । सार्वजनिक स्थानमा अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन् ।

रुपन्देहीका विभिन्न स्थानमा ‘नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको’ उनीहरूमाथि आरोप छ ।

बुधबार (कात्तिक २५) राति करिब १२ः५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको असुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu