झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर…