माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (के:लाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ-१ स्थित गजुरमुखी धाममा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य…