उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित

काठमाण्डौ - प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ । संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ । उपसभामुखको लागि राप्रपाको तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको छ । २६ वर्षीया रुबीलाई सत्तारुढ रास्वपासहित कांग्रेस, एमाले र नेकपाको पनि समर्थन…