राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि मावि प्रथम

बिर्तामोड । बिर्तामोडमा बुधबार सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो । यस्तै वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोश्रो…