झापामा कुखुरापालक किसानको संख्या ६८ प्रतिशतले घट्यो

झापा । १३ औँ राष्ट्रिय पोल्ट्री दिवस बिहीबार झापामा पोषण प्रवद्र्धन, जनचेतना र किसान–विद्यालय सहकार्यका कार्यक्रमसहित धुमधामका साथ मनाइएको छ । दिवसको अवसरमा जिल्लाका कुखुरा पालक किसानहरूले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी र अस्पतालका बिरामीलाई प्रोटिनयुक्त अण्डाको खाजा खुवाउँदै अण्डाको महत्वबारे सन्देश प्रवाह गरे । जिल्लाको शिवसताक्षी नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा किसान स्वयं…