झापा । झापास्थित मेची आँखा अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी तथा चिकित्सक भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित ‘आईएसीओआईएन अवार्ड’बाट सम्मानित भएका छन् । कोलकातास्थित न्यू टाउन कन्भेन्सन सेन्टरमा सम्पन्न ‘एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डिया’को २५औँ अन्तर्राष्ट्रिय भेला तथा १६औँ वार्षिक सम्मेलनमा उनीहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भारतका पूर्व…