झापा - प्रितमकुमार धमलाको लेखन तथा निर्देशनमा निर्माण भएको सन्देशमूलक चलचित्र ‘संघर्ष’को शनिबार राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। विद्यार्थीले वर्तमान समयमा भोगिरहेका विभिन्न समस्या र त्यसले उनीहरूको अध्ययन तथा व्यवहारमा पार्ने प्रभावलाई चलचित्रको मुख्य विषय बनाइएको छ। चलचित्रमा मोबाइलको अत्यधिक प्रयोग, विद्यालयमा हुने बुलिङ, शिक्षक तथा अभिभावकको जिम्मेवारीलगायत विषयलाई कथामार्फत प्रस्तुत…