झापा - मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए। चिकित्सकहरूले ओपिडी सेवा बन्द गर्दा अस्पताल पुगेका बिरामीहरू त्यतिकै घर फर्किन बाध्य भएका थिए। डाक्टरमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म काममा नफर्किने चिकित्सकहरूले…