एसबीआई बैंकको सहयोगमा विद्यार्थीहरुलाई पोशाक

शनिश्चरे । अर्जुनधारा नगरपालिका –११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको आयोजना र नेपाल एसबीआई बैंकको सहयोगमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । विद्यालयद्वारा बिहीबार आयोजित पोशाक तथा पुरस्कार वितरण कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको सभापतित्व तथा नेपाल एसबीआई बैंक लिमिटेड कोशी…