भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट बुधबारदेखि वंशजको आधारमा नागरिकता वितरण शुरु भएको छ । सर्वोच्च अदालतले रोक लगाएको नागरिकता पुनःवितरण शुरु गरेपनि जिल्लाका विभिन्न स्थानबाट नागरिकता लिन आउने सेवाग्राही रित्तो फर्किन थालेका छन् । बिहीवार झापा गाउँपालिका –७ बाट नागरिकता बनाउन भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय पुगेका २१ वर्षीय टेकनारायण यादव नागरिकता नलिई फर्किएका छन् ।…