सिद्धबाबासँग ३ लाख धरौटी माग

सुनसरी - आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीसँग ३ लाख धरौटी रकम माग गरिएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसपछि अदालतले सो रकम धरौटी माग गरेको हो।  बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै गत बिहीबार मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान…