धर्म/संस्कृति

पशुपतिमा तीज : ७ बजेसम्म ९ हजारले गरे पशुपतिनाथको दर्शन

पशुपतिमा तीज : ७ बजेसम्म ९ हजारले गरे पशुपतिनाथको दर्शन


काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन् ।

पशुपति क्षेत्रमा बिहान ३:१५ बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ ।

दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।

सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ । सादा पोसाकका प्रहरी तथा बर्दीमा महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी बढाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares