बिर्तामोड । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले आइतवार ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका स्पोर्ट सुज, कुर्ता तथा जामा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा खटिएको टोली र भन्सार अधिकृत पृथीराम राईको संयुक्त टोलीले जाँचका क्रममा १७० जोर स्पोर्ट सुज, ७३ पिस कुर्ता र २२ पिस जामा बरामद गरेको छ ।

बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सहायक गणपति तथा सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी.ले जानकारी दिनुभएको छ ।
साथै, सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी र पैठारीजन्य गतिविधिहरू नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको सक्रियता आगामी दिनमा पनि निरन्तर जारी रहने उहाँले स्पष्ट पार्नुभएको छ ।








प्रतिक्रिया