काठमाडौं, ३० मंसिर । नेकपा (एमाले)को केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलको तुलशीलाल स्मृति हलमा आयोजित दुईदिने कार्यशालामा देशभरिका विभिन्न तहका ३०० जना नेता–कार्यकर्ताहरू सहभागी भएका थिए । कार्यशालालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन…