बाह्रदशीको कुमालबस्तीमा दियो बनाउन भ्याइनभ्याई

बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि साथ दिएपछि मख्ख कुमालहरु दियो बनाउन व्यस्त छन् । भदौंदेखि नै तिहारको तयारीमा लागेका कुमालहरु अब दुई दिनभित्र दियो बनाइसक्नुपर्ने चापमा छन् । असिनपसिन हुँदै…