काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंद्वारा शुक्रबार आयोजित नारी सङ्कल्प विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै महासचिव पोखरेलले कुनै एउटा लक्षमा आधारित भएर राजनीति गर्नुपर्ने बताउनुभयो । ‘त्यो राजनीतिले मात्रै समाजका समस्यालाई समाधान र सम्बोधन गर्ने सामर्थ्य राख्दछ’, पोखरेलले…