जनकपुर, ९ कात्तिकः मधेश प्रदेश सरकारले आगामी मङ्सिर २१ गते जनकपुरधाममा आयोजना गरिने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकोे हो । उक्त समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट…