काठमाडौँ, ७ वैशाख (रासस) - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको…