बिर्तामोड । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको अवस्थाका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको…